सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ ।>
अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । महासंघले बिहीबार र शुक्रबार सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको हो । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ घटेको छ । >
अघिल्लो दिन प्रतितोला १ हजार ९ सयमा कारोबार भएको चाँदी आज १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।
>>