स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

Jasus Khabar 1+ समाचार ( )
२८ वैशाख २०८१

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

रुपन्देही सियारी गाउँपालिका-७ अमुवाका समिर सुनार र मिलन विकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले हो।  दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रिया