कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
११ वैशाख २०८२

कैलालीमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–३ का २१ वर्षका सन्जु दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी सोही ठाउँकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र सिंह बोहराले बुधबार युवतीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा दमाईलाई पक्राउ गरिएको जानकारी दिए । घटनापछि दमाईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार