सम्बन्ध विच्छेदका धेरै कारणहरू हुन सक्छन्। श्रीमान-श्रीमतीबीचको झगडा एउटा सामान्य कारण हो। तर भारत मध्य प्रदेशको ग्वालियरमा एउटा अनौठो घटना बाहिर आएको छ। यहाँ एक पुरुषले ट्रान्सजेन्डर बन्न सम्बन्ध विच्छेद मागेका छन्।>
भारतीय सञ्चारमाध्यमका अनुसार ती युवक राजस्थानको टोंक जिल्लाका बासिन्दा हुन्। सन् २०१९ मा उनको विवाह ग्वालियरकी एक युवतीसँग भयो। विवाहको केही महिनापछि नै श्रीमान-श्रीमतीको सम्बन्ध बिग्रन थाल्यो। नोभेम्बर २०२१ मा दुवैको एक छोरा भयो, तर पनि सम्बन्धमा दूरी कायमै रह्यो। २०२३ को अन्त्यमा, युवती ग्वालियरस्थित आफ्नो माइती आइन् र त्यहाँ बस्न थालिन्।>
परिवारले समस्या समाधान गर्न खोज्दा, युवकले आफ्नो लिंग परिवर्तन गरेर ट्रान्सजेन्डर बन्ने इच्छा व्यक्त गरे। उनले आफ्नो छोरासँग पनि कुनै सम्पर्क राख्न चाहेनन्। यो सुनेर श्रीमती र परिवार छक्क परे। एक वर्षको सम्झाइबुझाइपछि पनि युवकले आफ्नो निर्णय बदलेनन्। अब पति र पत्नीले आपसी सहमतिमा ग्वालियर पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेका छन्।>>