कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

Jasus Khabar 1+ समाचार ( )
२७ वैशाख २०८१

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् ।

एमाले र माओवादी केन्द्रका ५२ सांसदकाे समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । 

प्रतिक्रिया