एक वर्षपछि कांग्रेसको बैठक , बैठक असार २७ गते दिउँसो १ बजे बस्ने

Jasus Khabar 1+ समाचार ( )
२० आषाढ २०८०

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार २७ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनका अनुसार बैठकमा गत वर्ष भएको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीको बैठकले बैठकको मिति तय गरेको छ ।

कांग्रेसको केन्द्रीय समितिको बैठक प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने विधानमा उल्लेख छ । तर, एक वर्षपछि कांग्रेसको बैठक बस्न लागेको छ ।



प्रतिक्रिया