टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा आज दिउँसो एक माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। >
काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ गइरहेको ग१ख ४५३५ नम्बरको माइक्रोबस अदुवारीमोडमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
>
माइक्रोबसमा १८ यात्रु सवार थिए, जसमा १२ जनालाई घाइते अवस्थामा काठमाडौंको अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनास्थलमा उपस्थित प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार, धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण यो माइक्रोबस काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जानको लागि लागेको थियो।>
प्रहरी नायव उपरीक्षक भारतीले थप जानकारी दिंदै भने, "माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएपछि ठूलो क्षति हुनबाट जोगिएको छ।"
>
>>