छानबिन समिति अस्वीकार गर्दै राप्रपाले भन्यो- दूधको साक्षी बिरालो

Jasus Khabar 3925+ समाचार ( )
१० आषाढ २०८२

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति अस्वीकार गरेको छ । 

 प्रतिनिधिसभाको मंगलबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पूर्वमुख्यसचिव शंकरदाब वैरागीको संयोजकत्वमा गठन भएको छानबिन समिति स्वीकार नभएको बताएका हुन् । 

‘यो समितिमा हाम्रो आपत्ति छ । यो निगाहमा बनेको समिति हो,’ उनले भने, ‘जसका उपर छानबिन गरिनुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साक्षी बिरालो हुन्छ । यसले न्याय दिँदैन ।’ 

 राप्रपाले मंगलबारको बैठक पनि बहिष्कार गरेको छ । यसअघि रास्वपा पनि बैठक बहिष्कार गर्दै बैठक स्थलबाट बाहिरिएको थियो ।


प्रतिक्रिया