सबै बीमा कम्पनीका कार्यालय सञ्चालनमा ल्याउन बीमा प्राधिकरणको निर्देशन

Jasus Khabar 3958+ समाचार ( )
२९ भाद्र २०८२

 नेपाल बीमा प्राधिकरणले आज (आइतवार) देखि सबै बीमा कम्पनी र तिनका सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।

प्राधिकरणले केही जेनजी आन्दोलनका कारण सिर्जना भएका विषम परिस्थितिहरू सामान्य हुँदै गएकाले कार्यालय सञ्चालन गर्न अनुमति दिएको हो।

प्राधिकरणले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न समेत निर्देशन दिएको छ। यसअघि प्राधिकरणले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दावी भुक्तानीलाई सहज र सरल बनाउन पनि आदेश जारी गरिसकेको थियो।

साथै प्रशासनले कफ्र्यू र निषेधाज्ञा हटाइरहेका कारण अब बीमा कम्पनीहरू नियमित रुपमा सेवा दिन सक्नेछन्।

प्रतिक्रिया