तरकारी किन्न आएकी महिलाको सुनको सिक्री चोर्ने दुईजना पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
११ श्रावण २०८२

तरकारी किन्न आएकी महिलाको सुनको सिक्री चोरी गरी फरार रहेका दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।

काठमाडौं महानगरपालिका-१६ स्थित माछापोखरी पुल नजिकै रहेको तरकारी बजारमा शनिबार तरकारी किन्न आएकी एक महिलाले लगाएको सुनको सिक्री लुटपाट गरी उनीहरू फरार भएका थिए।

महानगरपालिका -२६ सामाखुसी टाउन प्लानिङ बस्ने ५२ वर्षीया लक्ष्मी घिमिरे तरकारी किन्ने क्रममा अपरिचित समूहले उनले घाँटीमा लगाएको दुई तोलाको सिक्री चोरी गरेको थियो।

चोरी लगत्तै घिमिरेले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा खोजि गर्दा प्रहरीले माछापोखरी कुमारीस्थान मन्दिर नजिकबाट लुटिएको सामानसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए।

उनीहरूको साथबाट एक थान सुनको सिक्री,आइफोन एक थान र सामसुङ मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया