सुनसरी – स्वतन्त्र पत्रकार संघ, सुनसरी जिल्ला कार्यसमितिका सचिव रविन्द्र कुमार यादवले स्वदेश तथा >
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै सचिव यादवले फागु पूर्णिमालाई हर्ष, उमङ्ग, र सद्भावको पर्व भएको उल्लेख गरेका छन्। उनले यस पर्वलाई वसन्तोत्सव र मदनोत्सवका रूपमा समेत चिनिने उल्लेख गर्दै प्राकृतिक पुनर्जागरणको प्रतीकका रूपमा मनाउने परम्परा रहेको बताएका छन्।>
"फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै हर्षोल्लास र प्रेमको उत्सव हो। यो पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव, र खुशीको सन्देश फैलाउने विश्वास लिइन्छ," सचिव यादवले भने।>
यस अवसरमा उनले सबै नेपालीलाई रंग, उमङ्ग, र सौहार्दताको यस पवित्र पर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन्।>
"फागुपूर्णिमाको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, र उज्ज्वल भविष्यको कामना गर्दछु। ह्याप्पी होली!" सचिव यादवले भने।>>