टिकटक बनाउन खोलामा हाम फालेका युवक मृत फेला

Jasus Khabar 3958+ समाचार ( )
२४ अशोज २०८२

 टिकटक भिडियो बनाउन दुधौरा खोलामा हाम फालेका बारा प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाइँ मृत फेला परेका छन्।

असोज १९ गते बेपत्ता भएका उनको शव छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गोसाइँ असोज १९ गते बिहान ८ः३० बजे साथी अनुराग केशरवानीसँगै दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। केशरवानी भने नदी किनारमा आइपुगेका थिए।

उनको खोजतलासका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ४३ जनाको टोली परिचालन गरिएको थियो। टोलीमा गोताखोर र मोटरबोटको समेत प्रयोग गरिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–२ चिलझपटीसम्म करिब एक किलोमिटर क्षेत्रमा व्यापक खोजी गरिएको थियो।

प्रतिक्रिया