प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुलाई आफूहरुले भ्रष्टाचारविरुद्ध चालेको एकपछि अर्को ब्याटल मन नपरेको टिप्पणी गरेका छन् ।>
पार्टी निकट अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको फाइल खोलेर लडाइँ छेडेपछि विरोधी शक्तिहरु हैरान भएको बताए ।>
उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गरेर भ्रष्टाचारबारे होहल्ला गर्नेहरुको हावा खुस्किएको बताए ।>
>>