पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेको भेट

Jasus Khabar 1+ समाचार ( )
२० अशोज २०८१

भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गरेका छन्। यो भेट हिजो भुटानी राजाको राजप्रसादमा भएको थियो।


भुटानी राजाले पूर्वराजालाई न्यानो अंकमालसहित स्वागत गरेका थिए। यस अवसरमा पूर्वराजाकी सुपुत्री प्रेरणा र भतिजी शिताष्मा पनि उपस्थित थिए।पूर्वराजा ज्ञानेन्द्र ५ सदस्यीय टोलीसहित भुटानको औपचारिक भ्रमणमा गएका थिए। उनी आज बिहान स्वदेश फर्किएका छन्।

भुटान सरकारले पूर्वराजालाई विशेष सम्मान र स्वागत गरेको थियो।




प्रतिक्रिया