प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दै गर्दा जे देखियो

Jasus Khabar 1+ समाचार ( )
६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार दोस्रो पटक विश्वासको मत लिइरहेका छन्।

सरकारबाट नेकपा (एमाले) र राप्रपा बाहिरिएसँगै उनीहरुले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्तालिए पुन: सरकारले ३० दिनभित्र विश्वासको मत ल्याउनुपर्ने कानूनी ब्यवस्था बमोजिम प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिइरहेका हुन्।

प्रधानमन्त्री दाहाललाई फेरिएको सत्तासमिकरण अनुरुप नेपाली कांग्रेस नेतृत्वको १० दलीय गठबन्धनको अलावा रास्वपाले पनि विश्वासको मत दिँदै छ।


प्रतिक्रिया