नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा वृद्धि भएको छ।>
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो।>
आज तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ। बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।>
>
यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।>>