पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ५ र ३लाई जोड्ने सासुटारस्थित हेवा खोलामा बेलिब्रिज जडान भएकाे छ । पूर्वाधार कार्यालय पाँचथरमार्फत् कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलले बेलिब्रिज बनाएको हो ।>
२ असार २०८० मा बाढीले यहाँको पुल बगाएको थियो । ५० मिटरको बेलिब्रिज जडान गरी गाडी सञ्चालनमा ल्याइएको पूर्वाधार कार्यालय पाँचथर प्रमुख शैलेन्द्र सिंह जानकारी दिए ।>
१ करोड ४० लाख ९ हजार ७२० रुपैयाँ बजेट खर्च गरेर बेलिब्रिज जडान भएको कार्यालयले जाानकारी दिएको छ । मच्छेबुङ–लुमाङदिन–भैसे–चारराते सडक खण्डमा पर्ने सो पुल एम/एस दोभान/डिआए जेभी उदयपुरले ठेक्का पारी काम सम्पन्न गरेको हो ।>>