१६ सयले बढ्यो सुनको मूल्य , प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम

Jasus Khabar 1+ समाचार ( )
२ आषाढ २०८१

आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँ तोकिएको थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १८०० रुपैयाँ रहेकोमा आइतबार १८२० कायम भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार