सुनसरी : सुनसरीको गढी गाउँपालिका वडा नं ४ मा स्कुल बस नहरमा खस्दा १२ जना विद्यार्थी घाइते भएका छन् ।>
प्रहरीले जानकारी गराएअनुसार शोभा जेनिएल ईङलिश स्कुलको बस छिटाहा स्थित नहर भित्र खस्दा उनीहरू घाइते भएका हुन् ।>
घाइते विद्यार्थीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।>>