जनता समाजवादी पार्टी जसपा, नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । दुई दिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । >
जसपाले गत भदौमा सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहहरुको सक्रियतामा भएका सांगठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत हुने जनाइएको छ ।
>
>
त्यसैगरी राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुने उनले जानकारी दिए ।
>
>>