चित्रलेखा यादवलाई अष्ट्रेलियाको लागि नेपाली राजदूतको रूपमा अनुमोदन

Jasus Khabar 1+ समाचार ( )
१६ अशोज २०८१

अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् ।

संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।


नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिइन् ।पूर्वउपसभामुख यादवलाई गत २४ भदौमा सरकारले अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस भएर राजदूत हुने भएकी हुन्।

सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो । मधेशी महिलाबाट यादव राजदूत भएकी हुन् ।

प्रतिक्रिया