कैलालीमा अटो रिक्साको ठक्करबाट पैदलयात्रीको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२६ आषाढ २०८२

कैलालीमा अटो रिक्साको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अटो रिक्साको ठक्करबाट लम्कीचुहा नगरपालिका–५, स्याउलेकी ५५ वर्षीया लक्ष्मी ढुंगानाको मृत्यु भएको हो ।

बुधबार राति स्याउलेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ह ८५८ नम्बरको अटो रिक्साले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री लक्ष्मी ढुंगाना र २२ वर्षीया मीना ढुंगानालाई पछाडिबाट ठक्कर दिएको थियो । अटो रिक्साको ठक्करबाट घाइते भएका उनीहरूलाई उपचारका लागि भल्का अस्पताल लम्की हुँदै कोहलपुर मेडिकल कलेज बाँके पुर्‍याइएको थियो ।

उपचारका क्रममा बुधबार राति लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । मीनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो रिक्सा र चालक सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया