रक्षा मन्त्रालयले तत्कालीन एवं रक्षामन्त्री शेरबहादुर देउवाको कार्यकालमा एपीसी खरिद प्रक्रिया अघि नबढाइएको जिकिर गरेको छ ।>
मंगलबार मन्त्रालयका सहायक प्रवक्ता कविता निरौला ढुंगेलको हस्ताक्षरित विज्ञप्तिमा ‘देउवाको संलग्नता’ भन्ने समाचारमा सत्यता नभएको जिकिर गरिएको हो ।>
“केही दिनयता विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएकोप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “पूर्वप्रधानमन्त्री तथा रक्षामन्त्री श्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा एपीसीलगायतका हातहतियार खरिद गर्ने निर्णय भएको भनी केही सञ्चारमाध्यममा आएको विषयमा सत्यता नरहेको व्यहोरा स्पष्ट गरिएको छ ।”>
नेपाली सेनाका निम्ति हतियार खरिदका लागि चीनसँग जीटुजी सम्झौता प्रक्रिया अघि बढाइएको भन्दै टिप्पणी भएको थियो । त्यसमा अपारदर्शी प्रक्रिया अपनाइएको र भारत, अमेरिकासहितका मित्रराष्ट्रले चासो राखेको विषय सार्वजनिक भएको थियो ।>>