शिक्षक कर्मचारीहरू सडकमा आन्दोलन गर्नु दु:खद: अध्यक्ष अन्सारी

Jasus Khabar 3925+ समाचार ( )
२४ चैत्र २०८१

अजमल अन्सारी


सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाले शिक्षक कर्मचारीहरूको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । वहाँले मुलुकको मेरुदण्डको रुपमा रहने शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति पटक पटक सडक आन्दोलनमा जानुपर्ने अवस्था सृजना हुनु दु:खद रहेको बताउनुभएको छ ।


सोमबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखी आन्दोलनरत रहेको शिक्षक कर्मचारीहरुको जायज मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


विज्ञप्ति "प्रस्तुत विषयमा विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० लामो समय देखि संसदमा विचाराधीन रहेको छ ।


शिक्षक तथा विद्यालय कर्मचारीको वृत्तिविकास, सेवा सुविधा र ट्रेड युनियन अधिकार सुनिश्चितताका लागि नेपाल शिक्षक महासंघ र नेपाल सरकार बिच गतविगतमा भएका सम्झौता तथा यथोचित मांग लाई कार्यान्वयन हुनेगरी समयमै ऐन जारी नहुँदा मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारी संघीय राजधानी केन्द्रित सडक आन्दोलनमा होमिनुपरेको छ ।


शैक्षिक सत्रको शुरुवात हुने समयमा शिक्षक तथा कर्मचारीहरु राजधानी केन्द्रित हुनुपर्दा हरिनगर गाउँपालिका सँगै देशभरका विद्यालयमा भर्ना अभियान प्रभावित भइरहेको छ । मुलुकको मेरुदण्डको रुपमा रहने शिक्षा क्षेत्रमा कार्यरत् जनशक्ति पटक पटक सडक आन्दोलनमा जानुपर्ने अवस्था सृजना हुनु खेदजनक छ ।


शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई व्यवस्थित गर्न प्रस्तावित शिक्षा विधेयकमा शिक्षक तथा विद्यालय कर्मचारीहरुको यथोचित मांग सम्बोधन गरी तत्काल समस्या समाधान गर्न नेपाल सरकार तथा सम्बद्ध पक्षलाई हार्दिक अपिल गर्दछौं ।" विज्ञप्तिमा उल्लेख गरेको छ । 

विज्ञप्ति: 


प्रतिक्रिया

सम्बन्धित समाचार