प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा दम्पतीको रहस्यमय हत्यामा अनुसन्धान गरिरहेको प्रहरीले घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला पारेको छ।>
शनिबार दिउँसो ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियारको टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटनामा अनुसन्धान गरिरहेको प्रहरीले बारीमा घन फेला पारेको हो।>
दम्पतीको हत्यामा सोही घन प्रयोग भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ।>
हत्याको अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले बताए।>>