काेशी ब्यारेजको पुलबाट भारतीय महिलाले हामफालिन्, खोजीमा सशस्त्र प्रहरीको टोली

Jasus Khabar 3925+ समाचार ( )
९ वैशाख २०८२

सुनसरी । काेशी ब्यारेजको पुलबाट एक भारतीय महिलाले हामफालेपछि खोजी कार्यमा सशस्त्र प्रहरीका डिएसपीसहितको संयुक्त टोली खटिएको छ ।

सशस्त्र प्रहरीले स्थानीयवासीबाट प्राप्त सूचनाको आधारमा जनाएअनुसार कोशी ब्यारेजको ६ नम्बर गेटबाट भारतको बिहारस्थित बिरपुरकी २४ वर्षीया पूजा कुमारीले हामफालेकी हुन् ।

उक्त घटनापछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहकार्यमा खोजी कार्य तीव्र पारिएको छ । हालसम्म बेपत्ता पूजाको अवस्था बारे कुनै ठोस जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार घटनाको थप अनुसन्धान तथा खोजी कार्य जारी छ ।


प्रतिक्रिया