एसीसी यू-१६ इस्टन रिजन कप विजेता टोलीलाई नेपाल क्रिकेट संघ क्यानले जनही ५० हजार नगद दिने भएको छ।>
>
एसियन क्रिकेट काउन्सिल एसीसीको कार्यक्रम अनुसार नेपाल, भुटान, ईन्डोनेशिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेशिया, थाईल्याण्ड र सिंगापुरको यु-१६ पुरुष राष्ट्रिय क्रिकेट टोलीविच यहि जुन २० देखि जुलाई ५, २०२५ सम्म मलेशियामा प्रतियोगिता संचालन भएको थियो।>
एसीसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटका रुपमा रहेको उक्त प्रतियोगितामा सहभागी भएको टोलीलाइ क्यानले नगद पुरस्कार दिएको हो। उसले भनेको छ ‘प्रतियोगितामा सहभागि भइ प्रथम स्थान हाँसिल गरी विजयी हुन सफल नेपाली यु-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीमा समावेश खेलाडी तथा अफिसियलहरुलाई जनही रु.५०,०००।- (पचास हजार) का दरले हौसला स्वरुप पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउन चाहन्छु।’ विज्ञप्तीमा भनिएको छ।>>>