इनरुवा गोल्ड कप फागुन २४ गतेदेखी

Jasus Khabar 3925+ समाचार ( )
२१ फाल्गुन २०८१

सुनसरीको इनरुवामा फागुन २४ गतेदेखी हुने प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी पुरा भएको छ । मंगलबार इनरुवा फुटबल क्लवले सरदमुकाम इनरुवामा पत्रकार सम्मेलन गरि दिएको जनाकारी अनुसार सनिबार फागुन २४ गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी पुरा भएको हो । इनरुवा गोल्डकपमा धनगढी माई एफसी सिराहा, गाईघाट एफसी उद्यपुर, विभागीय टिम एपीएफ, जनोहारा एकिकृत काठमाण्डौ, बिराटनगर सिटी मोरगं, चुलाचुली स्पोटिंग क्लव झापा, युनाईटेड स्पोर्टिगं भारत र आयोजक इनरुवा सहितको ८ टिमको सहभागी रहेको जनाएको छ

अफ्रिकी मुलका खेलाडी समेतको सहभागीतामा खेल हुने इनरुवा फुटबल क्लवका अध्यक्ष सुजित राणा मगरले जानकारी दिनुभयो । आयोजनाका अनुसार यो फुटबल खेलकुदको पहिलो संस्करण हो । उहाँका अनुसार उपाधी जित्नेलाई पुरस्कार दुई लाख रुपियाँ, सिल्ड र उपविजेतालाई एक लाख हजार रुपियाँ तथा सिल्ड प्रदान गर्नेछ । खेलमा दर्शकबाट ३० रुपियाँ प्रवेश शुल्क लिने समेत जानकारी दिनुभएको छ ।

जिल्ला समन्वय समिति सुनसरीको स्वामित्वको इनरुवा जेलफिल्ड खेल मैदानमा हुने प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । इनरुवा गोल्ड कप फुटबलको लागि झन्डै २५ लाख रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।

इनरुवामा विगतमा राष्ट्रिय खेलाडी उत्पादन भएको र खेल खेलेकोमा हाल अभाव खड्किएकोले स्थानीय खेलाडीलाई फुटबल, बुट र जर्सी सहितको अभाव हुन नदिन र खेलाडी उत्पादन गर्ने उदेश्यले यो खेल आयोजना गरेको हो ।

खेलाडीलाई संरक्षण गर्ने उदेश्यले पाँच वर्ष पछि यो खेलको आयोजना गर्न लागेको जनाएको छ ।

१, सुनसरीको इनरुवामा गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी पुरा भएको जानकारी दिदै इनरुवा फुटबल क्लवले आयोजाना गरेको पत्रकार सम्मेलनमा आयोजक ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

प्रतिक्रिया