लम्पिस्किन रोग रोकथामका लागि सरकारले गरेको कामको जानकारी गराउन निर्देशन : सभामुख

Jasus Khabar 1+ समाचार ( )
२९ आषाढ २०८०

सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग रोकथामका लागि सरकारले गरेको कामको जानकारी गराउन निर्देशन दिएका  छन् । 

“लम्पिस्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकदेखि आजको बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरिएका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देशन गर्दछु,” उनले भने ।

आजको प्रतिनिधिसभा बैठकमा उनले त्यसबारे जानकारी गराउन कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसाललाई निर्देशन दिएका हुन् । 


प्रतिक्रिया