केही दिनयता लगातार घटेको सुनको भाउ शुक्रबार सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन प्रतितोला १ सय रुपैयाँले मूल्य बढेको हो ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ६० हजार थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।>
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९१० रुपैयाँ कायम भएको छ ।>
>>