सुनको मूल्य तोलामा एक हजारले बढ्यो

Jasus Khabar 1+ समाचार ( )
६ मंगशिर २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड छ । त्यसयता घट्दै गएको सुन आइतबार तोलामा १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

प्रतिक्रिया