साउदी अरबमा हजार मिटर अग्लो जेद्दाह टावरको निर्माण कार्य सूचारु

Jasus Khabar 1+ समाचार ( )
१८ अशोज २०८१

साउदी अरबले हजार मिटर अग्लो जेद्दाह टावरको निर्माण कार्य सूचारु भएको छ।

निर्माण पूरा भएपछि यो विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । सात वर्षसम्मको गतिरोध पछि भवनको निर्माण कार्य सुचारु भएको हो । साउदीमा भ्रष्टाचार विरोधी तीव्र कारबाहीका बीचमा भवनको निर्माण कार्य अल्मलिएको थियो ।

बुधबार निर्माण स्थलमा आयोजित एक समारोहमा भवन बनाउन लागेकोे कन्सोर्टियम कम्पनी जेद्दाह इकोनोमिक कम्पनी (जेईसी)ले भवन सन् २०२८ भित्रमा निर्माण सम्पन्न हुने बताएको थियो । हजार मिटर (३ हजार २८० फुट) अग्लो यो भवनको निर्माण सन् २०१७ मा एक तिहाई पूरा भएको थियो।

तर साउदी राजकुमार मोहमद बिन सलमानले चलाएको भ्रष्टाचार विरोधी आक्रामक अभियानका क्रममा यस परियोजनको मुख्य ठेकेदार र यसका लागि सह–लगानी गरिरहेको अर्को एउटा व्यापारिक घरानाका उच्च अधिकारीसमेत कयौं व्यक्ति समातिए ।

यसपछि पनि निर्माण कार्य चलिरहेको थियो । तर सन् २०१८ मा भने काम ठप्प भयो । यस वर्षको जनवरीमा जेईसीले निर्माण कार्य अगाडि बढ्ने तर निर्माण सुरु हुन एक वर्ष जति लाग्ने बताएको थियो । कोभिडका कारण पनि निर्माण सुचारु गर्ने योजनामा ढिलाई भएको बताइएको छ ।


प्रतिक्रिया