गोली प्रहार गरी श्रीमतीको हत्या

Jasus Khabar 1+ समाचार ( )
१० अशोज २०८१

हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको हत्या भएको हो।प्रारम्भिक अनुसन्धानका अनुसार, उनीहरू बीच घरायसी विवाद भएको देखिएको छ।


वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले गएराति घर फर्किएर श्रीमतीसँग विवाद गरेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन्।


यस घटनामा संलग्न युवकले विवादका क्रममा आफ्नै बुवा, ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानी घाइते बनाएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया