एकैदिन ७ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Jasus Khabar 3945+ समाचार ( )
१० वैशाख २०८२

काठमाडौं- हिजो मंगलबार दुई लाख नजिक पुगेको सुनको मूल्यमा आज भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो।

नयाँ रेकर्ड बनेको मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १९ सय ६५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार