मुस्लिम आयाेगले विराटनगरमा आयाेजना गरेकाे एक सचेतना कार्यक्रममा पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनले मुस्लिम समुदायकाे सामाजिक तथा आर्थिक सशक्तीकरणकाे विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयाे ।>
नेपालकाे मुस्लिम समुदाय सामाजिक, आर्थिक, र शैक्षिक रूपमा पछाडि परेकाे यथार्थलाई स्वीकार्दै यसलाई सुधार्न ठाेस नीति, कार्यक्रम र पहलकदमीहरू आवश्यक छन् । प्रस्तुत कार्यपत्रमा मुस्लिम समुदायकाे सशक्तीकरणका लागि निम्न पक्षहरूमा जाेड दिइएकाे छ:>
१. शैक्षिक सशक्तीकरण : मुस्लिम समुदायकाे शैक्षिक अवस्था सुधार्न निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति आवश्यक छ।>
मदरसाहरूकाे आधुनिकीकरण गरी मुख्यधारकाे शिक्षासँग समायोजन गर्नुपर्छ।>
विश्वविद्यालय स्तरसम्मकाे छात्रवृत्तिकाे व्यवस्था गरी मुस्लिम विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुपर्छ।>
२. आर्थिक सशक्तीकरण:>
मुस्लिम समुदायका लागि उद्यमशीलता विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्छ।>
बैंकिङ तथा वित्तीय सहयाेग प्रणालीलाई प्रवर्द्धन गरी मुस्लिम उद्यमीहरूलाई वित्तीय पहुँच दिनुपर्छ।>
कृषि, पशुपालन तथा साना उद्योगहरूमा लगानी बढाएर आर्थिक सशक्तीकरण गर्नुपर्छ।>
३. राजनीतिक सहभागिता र नीति निर्माण :>
मुस्लिम समुदायकाे हकअधिकारकाे सुनिश्चितताका लागि राजनीतिक सहभागिता आवश्यक छ।>
मुस्लिम समुदायलाई नीति निर्माणकाे स्तरमा प्रतिनिधित्व दिनुपर्छ।>
मुस्लिम आयाेगकाे अधिकार क्षेत्रलाई फराकिलो पार्दै त्यसलाई निर्णयात्मक भूमिका दिनुपर्छ।>
४. सामाजिक चेतना र सशक्तीकर>
मुस्लिम समुदायलाई सामाजिक न्याय, मानवअधिकार तथा कानूनी अधिकारकाे बारेमा सशक्त बनाउनुपर्छ।>
महिला सशक्तीकरणलाई प्राथमिकता दिँदै मुस्लिम महिलाहरूकाे शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ।>
धार्मिक सहिष्णुता र अन्तरधार्मिक संवाद प्रवर्द्धन गरी समाजमा सकारात्मक सम्बन्ध बनाउनु आवश्यक छ।>
५. संस्थागत संरचना र नीतिगत सुधार>
मुस्लिम समुदायकाे सामाजिक तथा आर्थिक विकासका लागि सरकारले विशेष नीति तथा कार्यक्रमहरू ल्याउनु आवश्यक छ।>
मुस्लिम समुदायलाई लक्षित गरी विशेष विकास परियोजनाहरू सञ्चालन गर्नुपर्छ।>
सरकारी तथा गैरसरकारी क्षेत्रबाट मुस्लिम समुदायकाे सशक्तीकरणका लागि दीर्घकालीन सहयाेग आवश्यक छ।>
मुस्लिम आयाेगका अध्यक्ष शमीम मियाँ अन्सारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा काेशी प्रदेश सांसद इसराईल मन्सुरी, हिरनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी लगायतका नेता तथा विभिन्न समाजसेवीहरूले मन्तव्य राख्नुभयाे ।>>