नेपाल सरकारको ‘गाइडलाइन’ अनुसार टिकटकले बनायो नेपाली ‘कन्टेन्ट फिल्टर’ गर्ने प्रणाली

Jasus Khabar 1+ समाचार ( )
१५ फाल्गुन २०८०

छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले नेपाल सरकारको ‘गाइडलाइन’ अनुसार ‘कन्टेन्ट फिल्टर’ गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिबद्धता अनुसार परीक्षणका क्रममा 'कन्टेन्ट फिल्टर' भएमा टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी छ । सामाजिक सद्भाव भड्काउने काम भएको निष्कर्ष निकालेको सरकारले गत कार्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले टिकटकलाई अश्लील, हिंसा एवं सामाजिक सद्भाव भड्काउने सामग्री रोक्न आग्रह गरेको थियो ।   करिब दुई साताअघि टिकटकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेको थियो । भेटमा टिकटकका अधिकारीहरूले आफूहरू नेपाल सरकारले भनेअनुसार 'कन्टेन्ट फिल्टर' गर्न र अन्य गाइडलाइनहरू मान्न तयार रहेको बताएका थिए ।

टिकटकको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पनि भेटेको थियो ।

प्रतिक्रिया