प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार उनीहरूबीच भेट भएको हो ।>
भेटमा भारतीय राजदूत श्रीवास्तवले कश्मिरको पहलगाममा गत अप्रिल २२ मा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरे पनि जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट पारे ।>
>>