>
नेपालका लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ। यस नयाँ संस्करणको लन्चसँगै, नेपाली बजारमा अब टिभिएस आइक्युबका तीनवटा भेरिएन्ट उपलब्ध भएका छन्, जसमा ग्राहकहरूले ६ आकर्षक रङहरू रोज्न सक्छन्। नयाँ भेरिएन्टको प्रारम्भिक मूल्य रु. दुइ लाख उनान्सय हजार नौ सय निर्धारण गरिएको छ, जसले ईभी इलेक्ट्रिक भेइकल स्कुटरलाई नेपाली ग्राहकहरूको लागि थप पहुँचयोग्य बनाएको छ। कम्पनीका अनुसार, यो नयाँ संस्करणले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ। कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने , “नेपालमा टिभिएस आइक्युबको यात्रा फलदायी रहँदै आएको छ। ग्राहकहरूले केवल एक वर्षमा १० लाखभन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ। यो ब्रान्डले विश्वभरका ४ लाखभन्दा बढी ग्राहकहरूको विश्वास जितेको छ।” जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने , “टिभिएस आइक्युबले नेपाली ईभी क्षेत्रमा परिवर्तन ल्याएको छ। नयाँ २.२ किलोवाट–आवर भेरिएन्टको आगमनले यस क्षेत्रमा अझ गति थप्नेछ। नयाँ टिभिएस आइक्युबको बुकिङ सुरु भइसकेको छ। ग्राहकहरूले टिभिएस नेपालको वेबसाइट वा काठमाडौंका ४० वटा आधिकारिक डिलरहरूमा पुगेर बुकिङ गर्न सक्छन्। टिभिएस मोटर कम्पनीको यो नयाँ भेरिएन्टले नेपाली दुईपाङ्ग्रे ईभी बजारमा नयाँ आयाम थप्नेछ। आकर्षक मूल्य, उन्नत प्रविधि, र विश्वसनीयताका साथ, यसले ग्राहकहरूको मन जित्ने विश्वास गरिएको छ।>>