सुनको मूल्य निरन्तर बढ्दै, कतिमा भइरहेको छ कारोबार ?

Jasus Khabar 3925+ समाचार ( )
४ आषाढ २०८२

सुनको मूल्य निरन्तर बढिरहेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला २ हजार २२५ मा कारोबार भइरहेको छ । 
    
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया