अजमल अन्सारी>
सुनसरी, वैशाख २३ । सशस्त्र प्रहरी बलका अतिरीक्त महानिरीक्षक बंशीराज दाहाल ले सुनसरी र मोरङ जिल्लाको सीमा क्षेत्रमा कार्यरत कमान्डरहरूलाई सीमा पार अपराध नियन्त्रणमा कडाइका साथ लाग्न निर्देशन दिएका छन्।>
मोरङ जिल्लामा आज आयोजित कार्यक्रममा उनले सीमा सुरक्षा संवेदनशील विषय भएको उल्लेख गर्दै अवैध गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन जोड दिए। सीमा नाकामा हुने चोरी तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि रोकथाममा प्रभावकारी रूपमा परिचालन हुन उनले निर्देशन दिएका हुन्।>
यसैगरी वहाँले विपद् उद्धार कार्यमा पनि गम्भीरतापूर्वक लाग्न मातहत निकायलाई निर्देशन दिएका छन्। प्राकृतिक विपद्को जोखिम बढिरहेको सन्दर्भमा उद्धार तथा राहत कार्यलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक तयारी अवस्थामा रहन उनले जोड दिएका थिए।>
कार्यक्रममा सहभागी कमान्डरहरूलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी भई सीमा सुरक्षामा थप सक्रियता देखाउन आग्रह गरिएको थियो।>>