तरकारी बोक्ने जीपमा साढे चार क्वीन्टल गाँजा

Jasus Khabar 3945+ समाचार ( )
३१ आषाढ २०८२

जिल्लाको कटारी नगरपालिकाबाट तरकारी बोक्ने जीपमा ठूलो परिमाणको लागूऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलले अघिल्लो साँझ तरकारी बोकेको बोलेरोमा चेकजाँच गर्दा झण्डै साढे चार सय किलो गाँजा बरामद गरेको हो।

सिरहाको मिर्चयादेखि कटारी हुँदै घुर्मी जोड्ने सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी २ स्थित गराँसमा सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा को १ ज १२७५ नम्बरको बोलेरोमा तरकारीसँगै ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा फेला पारेर हो। कटारीबाट सिरहाको मिर्चैयातर्फ तरकारी लैजाँदै गरेको बोलेरोमा शङ्का लागी चेकजाँच गर्दा १२ वटा बोरामा लुकाई छिपाई लादै गरेको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

प्रहरीले लागूऔषध गाँजासहित जीप र चालक धनकुटाको सहिदभूमि गाउँपालिका २ का २९ वर्षीय तेज राईलाई नियन्त्रणमा लिएको छ। पक्राउ चालक, गाँजा र गाडीलाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार