यो वर्षको धनतेरस कात्तिक २४ अर्थात् यही शुक्रबार परेको छ । यो दिनमा सुन वा पितल आदि धातु किन्दा धनसम्पत्तिमा वृद्धि हुने मान्यता छ । तर यो दिन सुन, पितल जस्ता वस्तु वा गर–गहना किन किनिन्छ।
>
पौराणिक मान्यताअनुसार भगवान धन्वन्तरीको उत्पत्ति सागर मंथनको समयमा भएको थियो । त्यति बेला उनको हातमा अमृतको कलश थियो । धन्वन्तरीलाई देवी लक्ष्मीको भाइ पनि भनिन्छ । उनको प्रिय वस्तु पहेँलो रंग र पितल हो । त्यसैले धनवन्तरीलाई खुसी बनाउन धनतेरसको दिनमा सुन र पितलको भाँडाकुडा किन्ने गरिएको हो । धनवन्तरी देवताहरूका वैद्य पनि हुन् । यिनको आशिर्वादले सुख, समृद्धि र आयुमा वृद्धि हुने विश्वास छ ।यो दिनमा सुन, पितल आदि किन्दा धन र वैभवमा अभिवृद्धि हुन्छ ।
>
>
>
>
>
>
>>