शिक्षामन्त्री पन्तको आज शपथग्रहण

Jasus Khabar 3958+ समाचार ( )
११ वैशाख २०८२

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

उनले आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा शपथ ग्रहण गर्ने छन्।

शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका थिए।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको समयमा भट्टराईको राजीनामा आएको थियो ।


प्रतिक्रिया