भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको छ । बिहीबार रातिसम्म यो नाच गरिएको थियो ।>
यो वर्ष थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको हो । सोमबारदेखि चार दिनसम्म चलेको यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो । >
जसमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरूमार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्यले यो नाच गरिएको हो । >
>
>>