छैटौं राष्ट्रिय झण्डा दिवस

Jasus Khabar 1+ समाचार ( )
राष्ट्रिय झण्डा
१ पौष २०८०

 विविध कार्यक्रम गरी छैठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंको वसन्तपुरमा छैठौं झण्डा दिवस मनाइएको हो।

राष्ट्रिय झण्डा दिवसको अवसरमा काठमाडौंको वसन्तपुरदेखि रत्नपार्कसम्म र्‍याली निकालिएको थियो। प्रतिष्ठानले  ०७५ साल पुस १ गतेदेखि यो दिवस मनाउँदै  आएको हो।

केही समय यता नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि यो दिवस मनाउन थालिएको जनाइएको छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।


प्रतिक्रिया