प्रधानमन्त्री ओली र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेटघाट

Jasus Khabar 3945+ समाचार ( )
१० वैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेट भएको हो । 

विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै नेपाल आगमनले नेपाली खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आएका हुन् । 

कोर्लोस २००२ को विश्वकप विजेता खेलाडी हुन् । उनले ३ पटक विश्वकप खेलेका छन् । ५२ वर्षीय ब्राजिलियन स्टारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । उनी नेपाल सुपर लिग सिजन २०२५ को विशेष अतिथीको रुपमा नेपाल आएका हुन् । उनले बुधबार दशरथ रंगशालास्थित नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा रंगशालामा आउने तालिका रहेको छ। 

आज दोस्रो क्वालिफायरमा धनगढी एफसी र पोखरा थन्र्डसबिच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । यसअघि नै शनिबार ललितपुर सिटी एफसी फाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार