सिरहामा आफ्ना बाबुको हत्या आरोपमा छोरा पक्राउ

Jasus Khabar 1+ समाचार ( )
९ अशोज २०८१

सिरहामा आफ्ना बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । 

आफ्ना बाबुको हत्या अभियोगमा सिरहाको  औरही गाउँपालिका-३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरेर हत्या गरेको आरोपमा   शैलेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो ।


छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।


 सूचना अधिकारी सापकोटाका अनुसार, भालेश्वरलाई गम्भीर घाइते अवस्थाममा विराटनगरतर्फ उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको  छ । 



प्रतिक्रिया