सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आर्थिक सहायताको नाममा ४९ लाख ४७ हजार ३८६ रुपैयाँ गरेको पाइएको छ । भोक्राहा नरसिंह गाउँपालिकाले मापदण्ड र कार्यविधि तयार नगरी विभिन्न पक्ष, संघसंस्था र व्यक्तिहरुसँग मिलेमतो गरी आर्थिक वर्ष २०७९/८० मा मात्रै उक्त रूपैयाँ खर्च गरेको पाइएको हो ।
>
महालेखापरीक्षकको कार्यालयले भोक्राहा नरसिंह गाउँपालिकामा भएको आर्थिक सहायताको सो सहायता खर्च अस्वाभाविक भएको र सरकारको आर्थिक मितव्ययिता नीतिविपरीत मनपरी गरेको ठहर गरेको छ । >
महालेखाले निश्चित विधि र मापदण्ड बेगर आर्थिक सहायता वितरण गर्ने प्रक्रियामा नियन्त्रण हुनुपर्ने जनाएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको २०७९/०८० को बार्षिक प्रतिवेदनको क्रम संख्या २३ तथा पेज नम्बर ८ मा उल्लेख छ । >
महालेखाले उक्त रकम पालिकाको कुल आन्तरिक ५० लाख २४ हजार ८१३ रुपैयाँको ९८.९९ प्रतिशत हुन आएको जनाउँदै यस्तो सहायता वितरण गर्ने प्रक्रियामा नियन्त्रण गर्नुपर्ने बताएको छ । >
https://jasuskhabar.com/news/QKaHARfF-2025-03-07
>
आर्थिक सहायता आफन्त र नातेदारलाई मात्र सहयोग गरेको स्थानीयहरुको आरोप छ । पीडित र बिरामीलाई भन्दा पनि आफ्नो मनमोैजी अनुसार नजिकका व्यक्तिहरुलाई सहयोग गरेको स्थानीयको कथन छ । आर्थिक सहायता कसलाई र कस्तो स्तरको व्यक्तिलाई दिएको भन्ने उल्लेख गरेका छैनन् ।>>
Yadko ramro sanga chanbin garnu parxa ra dosi lai karwahe garnu parxa ya paysa aadix ko buwa lay dayko hai na ya hamro bhokraha basi ko paysa ho ra patrakar jiu sanga aagra garxu ki yasko ramro sanga chanbin ko parkirya ma lagnu yasto bharstchar nayta chaiyana hami lai lutayra sarkar lai karwahi garna hami lai khe garnu parxa vanay sampark garnu hola