प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बोलाईएको छ ।>
अध्यक्ष पुष्पकमल दाहालले आज (बिहीबार) दिउँसो ४ बजे पार्टी हेडक्वर्टर पेरिसडाँडामा बस्नेगरि बैठक बोलाएका हुन् ।>
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।>
यसको अलावा सरकारको एक वर्षको पनि समिक्षा गरिने जनाईएको छ ।>>