काठमाडौं- काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई पक्राउ गरेको छ ।>
सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर फरार भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गर्न प्रहरीले गोली हानेको हो ।>
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटर पटेललाई गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।>
>
गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट उद्योगअगाडि गोली हानिएको प्रकरणमा भारतीय अपराधी गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो ।>
प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका भारतीय अपराधी पटेलको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।>
>
अहिले उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । २०७९ असोज ३ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली लागेर एकजना फर्निचर व्यवसायीको हत्या भएको थियो।>
>
गोली लागेर घाइते सर्लाहीको गोडैता नगरपालिका–२ मुस्लिम टोलका लाल मोहम्मद दर्जीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज उपचारका क्रममा ज्यान गएको थियो ।>
>
त्यसबेला पल्सर मोटरसाइकलमा आएका २ जनाले उनलाई गोली प्रहार गरेका थिए। त्यसपछि २०७९ असोज १४ गते तीन जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो।>
>
हत्यामा संलग्नहरूको सीसीटिभी फुटेजका आधारमा पक्राउ गरिएको थियो । हत्याका योजनाकार भारतीय गुण्डा नितिन मदन थिए । प्रहरीले त्यसबेला उनैले हत्या योजना बनाएर सुटर ल्याएको खुलेको थियो । सुटरका रुपमा आइतबार पक्राउ गरिएका गुड्डुलाई प्रयोग गरिएको थियो ।>
>
गोठाटारमा हत्या गरिएका लाल मोहम्मदका परिवार काठमाडौंमै बस्ने गरेका थिए । उनको हत्याका मुख्य योजनाकार भारतीय नागरिक नितिन मदनका परिवार पनि काठमाडौंमै बस्ने गरेका थिए । गोठाटार हत्याकाण्डका सुटर गुड्डुलाई प्रहरीले करिब अढाई वर्षपछि प्रहरीले काठमाडौंबाटै समातेको हो ।>>